मुहार–पुस्तिकाबाट भेटिनु भएका मित्र निरजंग गोदार सरले कुनै समय भन्नु हुन्थ्यो, ‘...शिकार खेल्न गएको ब्याधा (शिकारीं) को वाणले लागेर छट्पटाएको चरीको हालत देख्यो भने स्वयं ब्याधा (शिकारी) कम्मरमा आफूले बोकेको टुम्लेटको पानी पिलाउन बाध्य हुन्छ ।’
तर यहाँ एउटा आत्मा प्रेमको मृत्यवरणको नजानिदो पीडामा स्मृति–शैयामा छट्पटाइरहेको देख्दा–देख्दै वेवास्ता गरेर बस्न सक्ने निष्ठुर आत्मा पनि बनाइ दिएका रहेछन्, सृष्टिकर्ता भगवानले । त्यसकारण न्यायको तराजु समातेर न्यायिक फैसलाको घोषणा गर्नुपर्ने अड्डा–अदालतदेखि ‘सत्य, सेवा, सुरक्षणम्’ भन्ने मन्त्र जपेर अहोरात्र जनसुरक्षामा खटिने भनाउदाहरु हुदै मायाँ–प्रेमसमेत पैसामा बिक्ने यो स्वार्थी दुनियामा कलियुगको २१ औं शताब्दीमा पत्थरहरुको मुटुमा दया पलाउदैन सर । यो आज पक्का भएको कुरा हो । बरु ती मुटुविहीन मानवहरुले छट्पटाई–छट्पटाई मरेपछि विजयोत्सवको खुशीयाली मनाउदै जोडदार ताली पिट्लान्, पानी पिलाउँदैनन् । २१ औं शताब्दी भनेको मानवताविहीन मानवहरुको शताब्दी रहेछ सर । यही महशुश गरिरहेको छु मैले । त्यसैले मैले कुनै समय यस्तो लेखेको थिएँ,
“दशै औंला जोडी तिम्रो–सामू घुँडा टेके पनि,
पग्लिएनौ पत्थर् पत्र रगतले लेखे पनि
मानवता गुमिसक्यो, दया–मायाँ छैन यहाँ,
समवेद-नाले छुन्न छट्पटा’को देखे पनि
कसम त्यो खाने बेला यस्तो हुन्छ वाचाहरु,
‘टुट्ने छैन हाम्रो मायाँ आँधी आई छेके पनि’
बल्झिरह्यो घाउ मेरो, मुटु दुखिरह्यो
पीडा नास्ने थरि थरि उपायले सेके पनि
पग्लिएन पत्थर् पत्र रगतले लेखे पनि,
दशै औला जोडी तिम्रो–सामू घुँडा टेके पनि”
उही अभागी
योगी स्मृतिरोगी राम गुरुङ ‘सर्वत्रापमानित’
#स्मृतिरोगी #स्मृतिसंग्रह #स्मृतिवस्ती #स्मृतिकुटी #स्मृतिगृह #स्मृतिडायरी #स्मृतिशैया #स्मृतिपथ #स्मृतिका_पलहरु #स्मृतिपल #स्मृतिनगर #स्मृतिदर्शन #स्मृतियात्रा #स्मृतिवाणी #स्मृतिप्रहर #स्मृतिशैली #स्मृतिअवतार
#janayuddha #smritisangraha #smritibasti #smritikuti #smritishaiya #hundi #suntaskar #Nepali_Kabita, #Arthahin_Pahichan #smritirogi #smritisangraha #smritikuti #smritibasti #smritidiary #smritishaiya #smritipath #smritikapalharu #smritinagar #smritipal #smritidarshan #smritiyatra #smritibani #smritiprahar #smritiabatar #smritishaili

No comments:
Post a Comment
Thank you for your comment!