न्यायमाथि तुषारो परिरहेछ
झुटोसामू सत्यता मरिरहेछ
काम गर्ने कालुले लिन्न फसल
ठगाहाले झोली त्यो भरिरहेछ
पौडी खेल्ने–ले नदी तर्न गाह्रो छ
बुई चढ्ने लंगडो तरिरहेछ
कलमको मसीमा बाँच्ने भन्नेले
जनतामा भ्रमै त छरिरहेछ
नारी यहाँ लुटिन्छ आँखै अगाडि
सरकार खै के के गरिरहेछ
योगी स्मृतिरोगी रामबहादुर गुरुङ ‘सर्वत्रापमानित’
झुटोसामू सत्यता मरिरहेछ
काम गर्ने कालुले लिन्न फसल
ठगाहाले झोली त्यो भरिरहेछ
पौडी खेल्ने–ले नदी तर्न गाह्रो छ
बुई चढ्ने लंगडो तरिरहेछ
कलमको मसीमा बाँच्ने भन्नेले
जनतामा भ्रमै त छरिरहेछ
नारी यहाँ लुटिन्छ आँखै अगाडि
सरकार खै के के गरिरहेछ
योगी स्मृतिरोगी रामबहादुर गुरुङ ‘सर्वत्रापमानित’
No comments:
Post a Comment
Thank you for your comment!