गजल ५४ (तड्पाएर राख्नुभन्दा बरु मार प्रिय)

लगाएरै दिन्छु खुकु–रीमा धार प्रिय
तड्पाएर राख्नुभन्दा बरु मार प्रिय


ढुंगाजस्तो मन तिम्रो किन पग्लिदैन
पार पार, अझै बढी कडा पार प्रिय

तिमी र म मिल्न अब बीचमा तगारो छ
अब चारैतिर पनि बार बार प्रिय

असुरोको काम गर्छु भन्थे जीवनमा
तिम्रो नजरमा गन्धे झार भएँ प्रिय

जिन्दगीको लडाईमा सहयोद्धा हामी
कसरी भो तिम्रो जीत, मेरो हार प्रिय


योगी स्मृतिरोगी रामबहादुर गुरुङ ‘सर्वत्रापमानित’

No comments:

Post a Comment

Thank you for your comment!