गजल ३२ (नेपालमा सुनै फल्नु पर्ने हो)

नयाँ संस्कारको सत्ता चल्नु पर्ने हो
पुराना ती संरचना ढल्नु पर्ने हो
नयाँ नेपालको दृष्य देख्ने बाट त,
रुढीवादी दस्तावेजै जल्नु पर्ने हो

गणतन्त्र आएपछि देशभरि नै,
विकासको क्रान्ति दियो बल्नु पर्ने हो

मरुभूमिमाथि देख्दा फूल फुलेको
लाग्छ, नेपालमा सुनै फल्नु पर्ने हो


योगी स्मृतिरोगी रामबहादुर गुरुङ ‘सर्वत्रापमानित’

No comments:

Post a Comment

Thank you for your comment!