गजल ३३ (आँखाबाट आँधीखोला झर्दा नदुख है)

आँखाबाट आँधीखोला झर्दा नदुख है
तिम्रो मायाँ गर्ने मान्छे मर्दा नदुख है


नियतिले नुनै नुन छ¥यो जिन्दगीमा,
वञ्जरमा बज्रपात पर्दा नदुख है

मेरो याद आए दुःखी हुन्छौ अरे तिमी
तिम्रो समस्याको जड टर्दा नदुख है

मैले भर्न नपाए नि सिन्दुरले शिर
पराईले तिम्रो सिउँदो भर्दा नदुख है

स्वार्थको यो दुनियाँमा बाँच्न गाह्रो भा’छ,
हार मानी आत्म–हत्या गर्दा नदुख है


योगी स्मृतिरोगी रामबहादुर गुरुङ ‘सर्वत्रापमानित’

No comments:

Post a Comment

Thank you for your comment!