फेसबुके साहित्यकारहरु

१. देखेको/भोगेको

उन्मादले नसामा झुल्दा’रहेछन्
खुट्टा भयो भन्दैमा डुल्दा’रहेछन्
युरोपियन हुरीमा उड्न थालेपछि
अरेबियन पसिना भुल्दा’रहेछन्

२. फेसबुके साहित्यकारहरु

अरुलाई कुहेको झार सम्झन्छन्
आफूलाई समझ–दार सम्झन्छन्
दुई–चार गजल को¥यो भन्दैमा,
सर्वज्ञाता साहित्य–कार सम्झन्छन्

३. नेताहरु

समानता, अधिकार, हक भन्न थाले
स्वार्थ पूरा गर्न सबै पार्टी बन्न थाले
जनताको लागि काम गर्ने भन्नेहरु,
सरकारमा पुगेपछि पैसा गन्न थाले

४. कृत्रिम मानवहरु

चारैतिर गोटीहरु चालेका छन् यहाँ
हिरो लाग्छ बोकेदारी पालेकै छन् यहाँ
अपांग नै भए पनि बुई चढेकाले
उड्न सक्ने चौथो अंग हालेका छन् यहाँ


सर्वत्रापमानित 'स्मृतिरोगी'
Get the Flash Player to see this player.

No comments:

Post a Comment

Thank you for your comment!