नजिक नै ठान्छु लाखौं पहाडले छेकेपनि,
मेरा प्रेमपत्रहरु त्यसै च्याती फेकेपनि
बिर्सिएको छैन मैले पवित्र त्यो नाता हाम्रो
बाध्यताले हुत्याएर मरुभुमि टेकेपनि
रोज्ने छैन अरु कोही तिमी साथ देउ, नदेउ
प्रेममय संसारमा अप्सरा नै देखेपनि
जिन्दगीको चोखो मायाँ तिमीलाई दिएपछि
एक्लै जिउँछु बरु दोश्रो विधाताले लेखेपनि
योगी स्मृतिरोगी रामबहादुर गुरुङ ‘सर्वत्रापमानित’
योगी स्मृतिरोगी रामबहादुर गुरुङ ‘सर्वत्रापमानित’
No comments:
Post a Comment
Thank you for your comment!