अबको नयाँ नेपालमा, नयाँ संविधानमा


दलित, महिला, उत्पीडितले मूक्ति पाउनुपर्छ
सबको पहूँच हुने राज्य–सत्ता आउनुपर्छ


पिछडिएका–हरुले प्राथमिकता पाऊन्
नाता, पहूँच, पार्टीनिकट सोंच हटाउनुपर्छ

गणतान्त्रिक नेपालमा सबै समान भई
उच–नीच, विभेद, दास–त्व हटाउनुपर्छ

राजनीतिमा सकारात्मक विचारहरु ल्याई
कुर्सीको खेल छाडी नयाँ रीत बसाउनुपर्छ

अहमता र स्वार्थ त्यागी यो राष्ट्रको लागि,
अग्रगामी विकासको पथ पहिल्याउनुपर्छ

जनजाति, मधेश, प्रदेश सबलाई समेटेर,
अब देशमा विकासको लहर आउनुपर्छ

कति रोज्ने पटक–पटक संघर्षको बाटो
सब जनताको साझा संविधान बनाउनुपर्छ


योगी स्मृतिरोगी रामबहादुर गुरुङ ‘सर्वत्रापमानित’

#स्मृतिरोगी #स्मृतिसंग्रह #स्मृतिवस्ती #स्मृतिकुटी #स्मृतिगृह #स्मृतिडायरी #स्मृतिशैया #स्मृतिपथ #स्मृतिका_पलहरु #स्मृतिपल #स्मृतिनगर #स्मृतिदर्शन #स्मृतियात्रा #स्मृतिवाणी #स्मृतिप्रहर #स्मृतिशैली #स्मृतिअवतार

#janayuddha #smritisangraha #smritibasti #smritikuti #smritishaiya #hundi #suntaskar #Nepali_Kabita, #Arthahin_Pahichan  #smritirogi #smritisangraha #smritikuti #smritibasti #smritidiary #smritishaiya #smritipath #smritikapalharu #smritinagar #smritipal #smritidarshan #smritiyatra #smritibani #smritiprahar #smritiabatar #smritishaili

No comments:

Post a Comment

Thank you for your comment!