चाडबाडहरु आउँदा...

वैरागी जीवन उदास यो मन आउँदैन वहार
किन पो आउँछ यो दुःखीलाई तीज र तिहार


चाडपर्व आउँछ, हर्षोल्लास छाउँछ सबैको मन्मन्मा
कागलाई बेल पाक्दा, हर्ष न विस्मात यो मेरो जीवनमा
दुःखीको साथी आँसु र रोदन वेदना सहारा
दुःखमै रम्दै लिएर हिड्छु मलिन मुहार

जुरेन भाग्य यो भाइटिका खुशी भै मनाउने
बञ्जर जीवन वसन्तमय कसरी बनाउने
भन्दछन् सबै ‘खुशी भै रम, हिम्मत नहार’
कसरी ल्याउँ यो जीवनभित्र वसन्त वहार

मखमली फुल्छ, देउसी र भैलो सबैको घर–घरमा
औंसीको कालो अन्धकार छायो यो मेरो संसारमा
किन हो दैव बुझ्दैनौ तिमी मार्मिक पुकार
टुल्टुलु हेरी रहन्छौ मात्रै हृदय–संहार

योगी स्मृतिरोगी रामबहादुर गुरुङ ‘सर्वत्रापमानित’

#स्मृतिरोगी #स्मृतिसंग्रह #स्मृतिवस्ती #स्मृतिकुटी #स्मृतिगृह #स्मृतिडायरी #स्मृतिशैया #स्मृतिपथ #स्मृतिका_पलहरु #स्मृतिपल #स्मृतिनगर #स्मृतिदर्शन #स्मृतियात्रा #स्मृतिवाणी #स्मृतिप्रहर #स्मृतिशैली #स्मृतिअवतार

#janayuddha #smritisangraha #smritibasti #smritikuti #smritishaiya #hundi #suntaskar #Nepali_Kabita, #Arthahin_Pahichan  #smritirogi #smritisangraha #smritikuti #smritibasti #smritidiary #smritishaiya #smritipath #smritikapalharu #smritinagar #smritipal #smritidarshan #smritiyatra #smritibani #smritiprahar #smritiabatar #smritishaili 

No comments:

Post a Comment

Thank you for your comment!