संघर्षको मैदानमा लडेपछि थाह होला
प्रगतिले शिखरमा चढेपछि थाह होला
नामर्द को ? भन्ने कुरा किन गर्छौ अहिले नै
मनका ती कुविचार सडेपछि थाह होला
आत्म विश्वासको शंका नगर भो अब ममा
अडिग भै सिद्धान्तमा अडेपछि थाह होला
तिम्रो जीत कसरी भो जीवनको दौरानमा
सोझो बाटोबाट अघि बढेपछि थाह होला
‘हुतिहारा’ पनि भन्यौ यो ‘रोगी’को उपनाम
क्षमता के ? साहित्यमा पढेपछि थाह होला
योगी स्मृतिरोगी रामबहादुर गुरुङ ‘सर्वत्रापमानित’
(मात्र मलाई नामर्द भन्ने निष्ठुरीको लागि, अरुलाई यस्तो भन्ने यो अल्पशिक्षितको ल्याकत नै कहाँ ?)

No comments:
Post a Comment
Thank you for your comment!