नसप्रेका विरुवा यी त्यसै मार्दिन
निष्ठुरीको सम्झनामा आँसु झार्दिन
जतिसुकै ‘घमण्डी’ले बाधा दिएपनि,
आफ्नो बाटो आफै खन्छु, हिम्मत् हार्दिन
समयको बर्बादी भो आजसम्म त,
केही गरी देखाउछु यसै टार्दिन
बिर्सिएछु म त माली थिएँ भनेर
विरुवा यी विचल्लीमा पार्दै पार्दिन
सम्भावना खोज्छु अब आफूभित्र नै
सिर्जनाका बोटहरु अन्त सार्दिन
योगी स्मृतिरोगी रामबहादुर गुरुङ ‘सर्वत्रापमानित’
(मलाई 'नामर्द'को संज्ञा दिनेप्रति समर्पित)
निष्ठुरीको सम्झनामा आँसु झार्दिन
जतिसुकै ‘घमण्डी’ले बाधा दिएपनि,
आफ्नो बाटो आफै खन्छु, हिम्मत् हार्दिन
समयको बर्बादी भो आजसम्म त,
केही गरी देखाउछु यसै टार्दिन
बिर्सिएछु म त माली थिएँ भनेर
विरुवा यी विचल्लीमा पार्दै पार्दिन
सम्भावना खोज्छु अब आफूभित्र नै
सिर्जनाका बोटहरु अन्त सार्दिन
योगी स्मृतिरोगी रामबहादुर गुरुङ ‘सर्वत्रापमानित’
(मलाई 'नामर्द'को संज्ञा दिनेप्रति समर्पित)
No comments:
Post a Comment
Thank you for your comment!