गजल ६८ (उपाय त होला केही रोक्न नसकिए)

उपाय त होला केही    रोक्न नसकिए
ज्यानमारालाई गोली ठोक्न नसकिए

दन्किएर  आक्रोशको आगो माथि पुग्दा,
टोक्नेलाई बदलामा       टोक्ने नसकिए

सही के हो, गल्ती के हो, छुट्याउछ मान्छे
के अर्थ भो अन्यायमा     खोक्न नसकिए

बाँध्रिएर बसे हुन्छ            पशुहरुसँग
आफ्नै विचारको भार बोक्न नसकिए

खोलै बगे पनि यहाँ   उपलब्धी के भो ?
पसिनाको मूल्य आफै तोक्न नसकिए


योगी स्मृतिरोगी रामबहादुर गुरुङ ‘सर्वत्रापमानित’

No comments:

Post a Comment

Thank you for your comment!