ढुंगा बन्न सिकेछौ, बधाई छ मायाँ

१. आशयोक्ति उनको

सिंगो हुदा–हुदै चानो, छुन चाहन्न
आँखा हुदा–हुदै कानो हुन चाहन्न
प्रगतिमा तिमीभन्दा म नै अघि छु
तिम्रो अघि कसै सानो हुन चाहन्न

२. अचेल

छोप्या’ हैन पारदर्शी जिउ राम्रो अरे
नौनीभन्दा वनस्पति घिउ राम्रो अरे
प्रचारको बजारमा देखावटी चल्छ
मूलभन्दा कलमीको बीउ राम्रो अरे

३. तिमी

ढुंगा बन्न सिकेछौ, बधाई छ मायाँ
मुटुबाटै झिकेछौ, बधाई छ मायाँ
मायाँ–मायाँ तौलेर सस्तो बनाएछौ
पैसातिरै बिकेछौ, बधाई छ मायाँ

४. इच्छा

फेरि पनि काखमा, बस्ने मन छ
अंगालोमा बेस्सरी कस्ने मन छ
भत्काएर पर्खाल लाजहरुका
मीठो मात पिउदै डस्ने मन छ

५. भन

बोल्न परे बोलिदिन्छु, अरु के गरम ?
खोल्न परे खोलिदिन्छु, अरु के गरम ?
वचनको आगो पनि ओकल्न के गाह्रो
पोल्न परे पोलिदिन्छु, अरु के गरम ?

६. प्रगति हो या परिवर्तन...

गावैभरि माहुरी घार रहेछ
ऊ पनि त साहित्य–कार रहेछ
हिजोसम्म कानुनी, कुरा गथ्र्यो ऊ
आज बसाई वालुवा–टार रहेछ

७. मर्दहरु

श्रीमतीको गुन्यूमा लुक्छन् यहाँ मान्छे
टोक्न जान सक्दैनन्, भुक्छन् यहाँ मान्छे
घरको जगै मिचिदा, खै के ग¥यो कस्ले ?
स्वाभिमानै बेचेर झुक्छन् यहाँ मान्छे

८. अचेलका केटीहरु यसो भन्छन्

दुवै गोरु–बहर, पालिराखे राम्रो
बेला–बेला पराल हालिराखे राम्रो
बरालिए बहर, गोरु काम आउला
विकल्पको बाटो यो, थालिराखे राम्रो

९. त्यसैले त...

प्राथमिक–तामा बाच्छो पार्नुपर्छ यो समय
गोरुलाई घाँस देखाई, टार्नुपछ्र्र यो समय
दुवै एकै ठाउँ भए जुध्दा भन्ने डर हुन्छ
यौटालाई अलि टाढा सार्नुपर्छ यो समय

कामना छ तिम्रो प्रगतिको

यो मन त चुड्यौ, चुड्यौ, अब ज्यानै चुड्ने हुनु
खुल्ला आकाशमा सधैं स्वतन्त्र भै उड्ने हुनु
म त सुकुम्बासी जीवन् सडकमै गुजारुँला,
मेरै अघिबाट तिमी पजेरोमा गुड्ने हुनु ।।


(पुनश्चः मुक्तक विधामा विशेष गरी ब्यंग्य प्रहार गरिने भएकोले मैले पनि केही ब्यंग्यात्मकता समावेश गर्ने कोशिष गरेको थिएँ । कुनै पक्षलाई आघात पुगेको खण्डमा क्षमा माग्दै यसलाई ब्यंग्यकै रुपमा मात्र लिईदिनुहुन अनुरोध गर्दछु ।)

सर्वत्रापमानित ‘स्मृतिरोगी’

Get the Flash Player to see this player.

No comments:

Post a Comment

Thank you for your comment!