स्वतन्त्रता गुमाएर सघाउँदिन अब
मर्नेहरु मरे के भो, जगाउँदिन अब
डलरमा आँखा मेरो गडिसकेको छ
रुपैयाँमा फुट्या’ आँखै लगाउँदिन अब
उच्च जीवन–शैली हुन्छ मेरो यहाँ हेर
चुलो–चौका, घर–भान्सा पकाउँदिन अब
जति आँसु बग्नु थियो बगिसक्यो धेरै
पत्थर बनिसकेको छु बगाउँदिन अब
पिज्जा, मःमः, केएफसीमा बानी परेको छ
दाल, भात, तरकारीले अघाउँदिन अब
आधा हकै गुमाएर सघाउँदिन अब
मर्नेहरु मरे के भो, जगाउँदिन अब
योगी स्मृतिरोगी रामबहादुर गुरुङ ‘सर्वत्रापमानित’
मर्नेहरु मरे के भो, जगाउँदिन अब
डलरमा आँखा मेरो गडिसकेको छ
रुपैयाँमा फुट्या’ आँखै लगाउँदिन अब
उच्च जीवन–शैली हुन्छ मेरो यहाँ हेर
चुलो–चौका, घर–भान्सा पकाउँदिन अब
जति आँसु बग्नु थियो बगिसक्यो धेरै
पत्थर बनिसकेको छु बगाउँदिन अब
पिज्जा, मःमः, केएफसीमा बानी परेको छ
दाल, भात, तरकारीले अघाउँदिन अब
आधा हकै गुमाएर सघाउँदिन अब
मर्नेहरु मरे के भो, जगाउँदिन अब
योगी स्मृतिरोगी रामबहादुर गुरुङ ‘सर्वत्रापमानित’
Get the Flash Player to see this player.
No comments:
Post a Comment
Thank you for your comment!