गजल ८१ (बरु आधा गाग्रो पानी नभरेकै राम्रो)

बरु आधा गाग्रो पानी नभरेकै राम्रो



नफुल्ने त्यो फूल्को बीउ नछरेकै राम्रो
बर्ताएको गाई वन्मा नचरेकै राम्रो

नदीबीच पुगेपछि डगमगाएर
अलपत्र पर्नुभन्दा नतरेकै राम्रो

सजग भै सही दिशा लिन पनि हाम्रो
वैरीहरु बाँच्नुपर्छ नमरेकै राम्रो

सिद्धान्तमा अदृढ भै स्वार्थै–स्वार्थमा
बिक्नेसँग सहकार्य नगरेकै राम्रो

ठूलो गर्जनले मेघ गर्जिसकेपछि
छिटफुट पर्ने पानी नपरेकै राम्रो

छल्किएर बोक्न गाह्रो हुन्छ, त्योभन्दा त
बरु आधा गाग्रो पानी नभरेकै राम्रो

सुखमय होला त्यहाँ बाँच्ने जीवन त
आकाशका तारा तल नझरेकै राम्रो


योगी स्मृतिरोगी राम गुरुङ ‘सर्वत्रापमानित’
(स्मृतिबस्तीमा अवस्थित स्मृतिकुटीको स्मृति शैयाबाट)

#Nepali_Kabita, #Arthahin_Pahichan  #smritirogi #smritisangraha #smritikuti #smritibasti #smritidiary #smritishaiya #smritipath #smritikapalharu #smritinagar #smritipal #smritidarshan #smritiyatra #smritibani #smritiprahar #smritiabatar #smritishaili 
#स्मृतिरोगी #स्मृतिसंग्रह #स्मृतिवस्ती #स्मृतिकुटी #स्मृतिगृह #स्मृतिडायरी #स्मृतिशैया #स्मृतिपथ #स्मृतिका_पलहरु #स्मृतिपल #स्मृतिनगर #स्मृतिदर्शन #स्मृतियात्रा #स्मृतिवाणी #स्मृतिप्रहर #स्मृतिशैली #स्मृतिअवतार

No comments:

Post a Comment

Thank you for your comment!