दिएको दिल् फिर्ता मागी अन्तै सार्ने तिमी
बल्झाएर घाउ मेरो, आँसु झार्ने तिमी
अझै किन दोष दिन्छौ मलाई नै फेरि
घेली–घेली माकुरीको जालमा पार्ने तिमी
मुटुभरि मायाँ तिम्रै काख बिसाएथें
‘तिम्रै भाग्य खोटी रै’छ’ भन्दै टार्ने तिमी
खोला वारि थिए हाम्रा मुटुहरु सँगै
अँधेरीमा आफ्नो मात्र पारि तार्ने तिमी
फेरि किन चासो राख्छौ म मरुँ या बाँचू ?
ऊ बेलामा अघाएर जूँदै मार्ने तिमी
योगी स्मृतिरोगी राम गुरुङ ‘सर्वत्रापमानित’
बल्झाएर घाउ मेरो, आँसु झार्ने तिमी
अझै किन दोष दिन्छौ मलाई नै फेरि
घेली–घेली माकुरीको जालमा पार्ने तिमी
मुटुभरि मायाँ तिम्रै काख बिसाएथें
‘तिम्रै भाग्य खोटी रै’छ’ भन्दै टार्ने तिमी
खोला वारि थिए हाम्रा मुटुहरु सँगै
अँधेरीमा आफ्नो मात्र पारि तार्ने तिमी
फेरि किन चासो राख्छौ म मरुँ या बाँचू ?
ऊ बेलामा अघाएर जूँदै मार्ने तिमी
योगी स्मृतिरोगी राम गुरुङ ‘सर्वत्रापमानित’
(स्मृतिबस्तीमा अवस्थित स्मृतिकुटीको स्मृति शैयाबाट)
#Nepali_Kabita, #Arthahin_Pahichan #smritirogi #smritisangraha #smritikuti #smritibasti #smritidiary #smritishaiya #smritipath #smritikapalharu #smritinagar #smritipal #smritidarshan #smritiyatra #smritibani #smritiprahar #smritiabatar #smritishaili
#स्मृतिरोगी #स्मृतिसंग्रह #स्मृतिवस्ती #स्मृतिकुटी #स्मृतिगृह #स्मृतिडायरी #स्मृतिशैया #स्मृतिपथ #स्मृतिका_पलहरु #स्मृतिपल #स्मृतिनगर #स्मृतिदर्शन #स्मृतियात्रा #स्मृतिवाणी #स्मृतिप्रहर #स्मृतिशैली #स्मृतिअवतार

No comments:
Post a Comment
Thank you for your comment!