गजल ४७ (निजी घर बन्यो अरे सरकारी हाताभित्र)

अखडा नै बन्यो अरे सरकारी हाताभित्र
प्रवेशको लागि त्यहाँ पर्नुपर्छ नाताभित्र


निजी लगानीमा पनि जान्छ अरे बजेट त,
अभिलेख किर्ते राखी पास हुने खाताभित्र

किन धमिलियो भन्थें, चहकिलो रंग पनि,
काला पनि मिसिएका रहेछन् ती राताभित्र

प्रतिष्ठा र शान किन्न कारोवार ठूलै हुन्छ
यस्तै नियति छ हाम्रा सहयोगी दाताभित्र

रंगभेद, वर्गभेद संस्कार खै कैले हट्छ ?
नेपाल र नेपालीले ओत्ने साझा छाताभित्र

प्रयास   ती    फलदायी   रहनेछ आशा गरौं
केही आशा थपिन्छ कि आगामी यै साताभित्र ?


योगी स्मृतिरोगी रामबहादुर गुरुङ ‘सर्वत्रापमानित’

No comments:

Post a Comment

Thank you for your comment!