गजल ४६ (राजनीतिभित्र धेरै रुप हुन्छ यहाँ)

राजनीति भित्र धेरै रुप हुन्छ यहाँ
नातावाद, कृपावाद खुब हुन्छ यहाँ


स्थानीय एकलौटी राज्यसत्ता हुदा,
सचेत ती नागरिकै चुप हुन्छ यहाँ

चाकडीको शैली पनि कस्ता–कस्ता हरे !
पूजा गर्ने मान्छे आफै धुप हुन्छ यहाँ


योगी स्मृतिरोगी रामबहादुर गुरुङ ‘सर्वत्रापमानित’
(स्थानीय विकास मन्त्रालय अन्तर्गत स्थानीय स्वायत्त शासन ऐन २०५५ र नियमावली २०५६ द्वारा सञ्चालित केही स्थानीय निकायमाथि दृष्टिपात पर्दा स्याङ्जा जिल्लाको कुनै एक स्थानीय निकायले देखाएको गतिविधिउपर ओकलिन बाध्य यी शब्दहरु, बुझ्नेहरुले कुरा आफै बुझौं ।)

No comments:

Post a Comment

Thank you for your comment!