तिमी दुख्दा म पनि त भित्र–भित्रै दुख्दै थिएँ
सपनाझैं लाग्दा–लाग्दै पिरतीमा चुक्दै थिएँतिमी गयौ डोली चढी आँसु झार्दै, वाई–बाई गर्दै
मैले पनि विदा दिएँ विवशतामा मर्दै–मर्दै
जन्तीहरु डाँडा पुगी जोर सनाई फुक्दै थिए
सपनाझैं लाग्दा–लाग्दै पिरतीमा चुक्दै थिएँ
तिमी र म जे, जसरी, जहाँ–जहाँ रहेपनि,
हाम्रो मायाँ पवित्र छ, जीवन बेग्लै भएपनि,
तिमी गयौ डाँडै काटी म घरमा पुग्दै थिएँ,
सपनाझैं लाग्दा–लाग्दै पिरतीमा चुक्दै थिएँ
तिमी दुख्दा म पनि त भित्र–भित्रै दुख्दै थिएँ
‘छि ! नामर्द’ भन्ला भनी आँसु पुछ्दै लुक्दै थिएँ
योगी स्मृतिरोगी रामबहादुर गुरुङ ‘सर्वत्रापमानित’
(मेरो दुःखद दिनः असोज १५, २०६७ को अविष्मरणीयता)
#स्मृतिरोगी #स्मृतिसंग्रह #स्मृतिवस्ती #स्मृतिकुटी #स्मृतिगृह #स्मृतिडायरी #स्मृतिशैया #स्मृतिपथ #स्मृतिका_पलहरु #स्मृतिपल #स्मृतिनगर #स्मृतिदर्शन #स्मृतियात्रा #स्मृतिवाणी #स्मृतिप्रहर #स्मृतिशैली #स्मृतिअवतार
#janayuddha #smritisangraha #smritibasti #smritikuti #smritishaiya #hundi #suntaskar #Nepali_Kabita, #Arthahin_Pahichan #smritirogi #smritisangraha #smritikuti #smritibasti #smritidiary #smritishaiya #smritipath #smritikapalharu #smritinagar #smritipal #smritidarshan #smritiyatra #smritibani #smritiprahar #smritiabatar #smritishaili
No comments:
Post a Comment
Thank you for your comment!