गजल ६ (उठौ अब प्रबासी हो देश जगाउन)

उठौ अब प्रबासी हो देश जगाउन
भ्रष्‍ट्राचारी देशद्रोही पाखा लगाउन


जनादेश स्वीकारेर नेतृत्वमा पुगी
जनता नै भुल्नेलाई झकझकाउन

कुर्सी तानातान खेल्ने प्रथा अझै उस्तै
पुरानै छ प्रवृत्ति त्यो दूर भगाउन

जनताको सच्चा प्रतिनिधि भई जाने
जनपक्षी साझा नेतालाई सघाउन

जनताको साझा संबिधान बन्नु पर्ने
पर्दैनथ्यो फेरि फेरि रक्त बगाउन

योगी स्मृतिरोगी रामबहादुर गुरुङ ‘सर्वत्रापमानित’

No comments:

Post a Comment

Thank you for your comment!