अझैपनि किर्ते टोपी शिरमा लगाउनुछ
थन्किएको थोत्रो यौवन फेरि जगाउनुछसबैजना मिली पाखा लगाइदिए पनि,
शक्ति, साहस, बटुलेर मूलघर–मा आउनुछ
दान, भेटी, यज्ञ, होम जे गरेर पनि,
आफ्नो रीतिस्थितिको जग फेरि बसाउनुछ
सन्तानहरु घरसल्लाहमा नमिलेको मौका
षड्यन्त्रको पासोभित्र पारी भगाउनुछ
हामी सानो हुँदा कुट्ने उनलाई अचेल फेरि
गाह्रो परे छिमेकीको बुद्धि लगाउनुछ
सबजनाको पसिनाले कमाएकोबाट
उठाएको घर खर्च मोजमा बगाउनुछ
योगी स्मृतिरोगी रामबहादुर गुरुङ ‘सर्वत्रापमानित’
(रचनाकालः २०६६साल चैत्र १०)
No comments:
Post a Comment
Thank you for your comment!