निमुखालाई भ¥याङ्ग बनाई माथि जानेहरु
निरीहको शोषण गर्दै सत्ता खानेहरु
होसियार ! होसियार !! होसियार !!!
जनताले विस्तारै चाल पाउँदैछन्
निर्णायक संघर्षमा फेरि आउँदैछन् ।
सत्ता प्राप्ति मोहमा स्वार्थ डुलाएर,
अनेकौं ती आश्वासनमा जनता भुलाएर,
जनतामा भ्रमपूर्ण कार्य–नीति छर्नेहरु
कार्यान्वयन प्रकृयामा संधै पछि पर्नेहरु
नयाँ धारमा राजनीतिको मार्ग लिनेहरु,
महत्वाकांक्षी प्रलोभनमा धोका दिनेहरु,
होसियार ! होसियार !! होसियार !!!
जनताको घैंटामा घाम लाउँदैछ
संघर्षको मैदानमा फेरि आउँदैछ
गलत सोंच र प्रवृत्तिका अनुयायीहरु
दक्षिणपन्थी, यथास्थितिवाद, नोकरशाहीहरु
राष्ट्रियताको नाउँ फलाक्दै गर्नु रँजाइ गर्यौ
प्रतिगामी षड्यन्त्रमा राष्ट्र नै बिगार्यौ
प्रतिगमनतर्फ देशलाई मोड्न चाहनेहरु,
परिवर्तनकामी विरुद्धमा जानेहरु,
होसियार ! होसियार !! होसियार !!!
राष्ट्रिय चेतनामा सुधार आउँदैछ
मूक्तिका लागि अन्तिम क्रान्ति आउँदैछ्
राजनीतिको छायाँमा राष्ट्र भुल्नेहरु,
राष्ट्रघाती कदम चाल्न स्वार्थमा झुल्नेहरु,
होसियार ! होसियार !! होसियार !!!
जनताको क्रान्तिकारी मोर्चा आउँदैछ
जनताले नै देशमा परिवर्तन ल्याउँदैछ
योगी स्मृतिरोगी रामबहादुर गुरुङ ‘सर्वत्रापमानित’
योगी स्मृतिरोगी रामबहादुर गुरुङ ‘सर्वत्रापमानित’
#स्मृतिरोगी #स्मृतिसंग्रह #स्मृतिवस्ती #स्मृतिकुटी #स्मृतिगृह #स्मृतिडायरी #स्मृतिशैया #स्मृतिपथ #स्मृतिका_पलहरु #स्मृतिपल #स्मृतिनगर #स्मृतिदर्शन #स्मृतियात्रा #स्मृतिवाणी #स्मृतिप्रहर #स्मृतिशैली #स्मृतिअवतार
#janayuddha #smritisangraha #smritibasti #smritikuti #smritishaiya #hundi #suntaskar #Nepali_Kabita, #Arthahin_Pahichan #smritirogi #smritisangraha #smritikuti #smritibasti #smritidiary #smritishaiya #smritipath #smritikapalharu #smritinagar #smritipal #smritidarshan #smritiyatra #smritibani #smritiprahar #smritiabatar #smritishaili
No comments:
Post a Comment
Thank you for your comment!