गजल ७६ (रातभरि के के ग¥यौ खाटै बिगारेर)

कसरी पो जान्छौ तिमी बाटै बिगारेर
लगाउने राम्रो लुगा–फाटै बिगारेर


सुत्न पनि के जानेनौ कुन्नि तिमीले त
रातैभरि के के ग¥यौ खाटै बिगारेर

बारीभरि त्यो विनासे मल छरिन्छ रे
खेती धेरै हुन्छ भन्छौ माटै बिगारेर

वर्षातमा पाली चुह्यो मेरो झुपडीमा
महलमा बस्ने भन्छौ भाटै बिगारेर

सुखसँग बस्ने भन्दै खेती गर्न छाड्यौ
घडेरीले ठूलो बारी पाटै बिगारेर


स्मृतिरोगी रामबहादुर गुरुङ्ग ‘सर्वत्रापमानित’

No comments:

Post a Comment

Thank you for your comment!