गजल ५८ (माली बन्ने को आँखा पर्न सकेन)

ओइलाएर यतिकै   झर्न सकेन
यादै–याद् मा जलेर मर्न सकेन


भावुकता अंगाली दुखिरह्यो ऊ
जिन्दगीमा केही नि गर्न सकेन

झुक्नु झुक्यो बेसरी   पाउ ढोगेर
निष्ठुरी मन् मायाँले भर्न सकेन

सुकिरह्यो विरुवा     पानी पुगेन
माली बन्ने को आँखा पर्न सकेन

सँगै साथै जंघार तर्न खोज्दैथ्यो
छाडी दिई बीचमै       तर्न सकेन


योगी स्मृतिरोगी राम गुरुङ ‘सर्वत्रापमानित’

#smritisangraha #smritirogi #smritibasti #smritikuti #smritishaiya

No comments:

Post a Comment

Thank you for your comment!