गजल ५९ (मनभित्र उसको आँधी चल्दै थियो)

जीवनमा जसरी दिन ढल्दै थियो
मनभित्र उसको आँधी चल्दै थियो
कति बगे आँसुका धारा आँखाबाट
तर पनि मुटुमा आगो बल्दै थियो

ऊ त सोझो असल राम्रो मान्छे नै थ्यो
नमेटिने गरेर           दाग दल्दै थियो

निष्ठुरीको सम्झना किन आयो फेरि
त्यै यादमा दाउरा    सरि गल्दै थियो

बर्से होला हजारौं    वचनका गोली
अन्तै कतै लुकेर गोली छल्दै थियो


योगी स्मृतिरोगी रामबहादुर गुरुङ ‘सर्वत्रापमानित’

No comments:

Post a Comment

Thank you for your comment!