नवदुर्गाको पूजा सत्यको यो जीत हो

(१)
आउँदैछ महान चाड दशैं तिहार
छाउँदैछ सर्वत्र उमङ्गको वहार
गाउँमा
नेपालको सबै ठाउँमा

(२)
घर सफा सुग्घर लिप पोत गरेर
थरि–थरि रङ्गले फूल बुट्टा भरेर
सजा’को
परिवेश छुट्टै मजाको

(३)
नवदुर्गाको पूजा सत्यको यो जीत हो
त्यही जीत को पर्व मनाउने रीत हो
चाड रे
आपसमा खुशी बाँड रे

(४)
देउसी र भैलो छ, तिहारको बेलामा
पिङ्ग खेल्दै मिलेर भञ्ज्याङ्गको मेलामा
गाएर
तिहारको टीका लाएर

No comments:

Post a Comment

Thank you for your comment!