गजल २३ (प्रगति गर्ने मान्छे तिमी)

जिन्दगीमा प्रगति गर्ने मान्छे तिमी
दीप्त ज्योति ज्ञानको छर्ने मान्छे तिमी


साहस र हिम्मत बटुलेर सधैं
जंघार ती सजिलै तर्ने मान्छे तिमी

सफलता तिम्रै हो, निश्चित छ जीत
लक्ष्य प्राप्तिमा अघि सर्ने मान्छे तिमी

लच्छिनकी दियो हौ, कहिल्यै ननिभ्ने
सुनमा नि सुगन्ध भर्ने मान्छे तिमी

अनेकमा एक छौ, सौन्दर्यकी  खानी
रोजाईमा सबैको पर्ने मान्छे तिमी

योगी स्मृतिरोगी राम गुरुङ ‘सर्वत्रापमानित’
समर्पण उनैप्रति, जसको अभावमा दुःखित हुन विवश छु


#smritisangraha #smritirogi #smritibasti #smritikuti #smritishaiya

No comments:

Post a Comment

Thank you for your comment!