गजल २४ (आपसमा हारजीतको कुरा छोडौं)

भैगो, अब मायाँ अनि प्रीतको कुरा छोडौं
आपसमा हार अनि जीतको कुरा छोडौं


जंगलमा बस्नेहरु घरको बाटो हिड्दा,
ढुक्क होऔं अब भयभीतको कुरा छोडौं

मानवता गुम्दैछ यो विद्धान नगरीमा
बौद्धिकता–हीन यी शिक्षितको कुरा छोडौं

नयाँ माहोलमा नयाँ संस्कार, नयाँ विधि !
भेदभाव रुढीवादी रीतको कुरा छोडौं

बरु यहाँ कुरा गरौं नवीन विहानीको
सन्ध्या छँदा छायाँ अनि शीतको कुरा छोडौं

योगी स्मृतिरोगी रामबहादुर गुरुङ ‘सर्वत्रापमानित’

No comments:

Post a Comment

Thank you for your comment!