गजल ४४ (भ्रष्टहरुमाथि गोली ठोक्नुपर्छ अब)

तस्करीको चोर बाटो रोक्नुपर्छ अब
सबै जनताले शस्त्र बोक्नुपर्छ अब


निरीह भो कानुन यो, अति फितलो छ,
भ्रष्टहरुमाथि गोली ठोक्नुपर्छ अब

उम्किएर भाग्न खोज्नेहरुलाई यहाँ,
टाउकाको मुल्य पनि तोक्नुपर्छ अब

हिजोसम्म क्रान्ति–नारा मुखाखरै घोक्यौं
नसाभित्रै बग्ने गरी घोक्नुपर्छ अब

तस्करीको चोर बाटो रोक्नुपर्छ अब
झण्डा हैन हतियारै बोक्नुपर्छ अब


योगी स्मृतिरोगी रामबहादुर गुरुङ ‘सर्वत्रापमानित’

No comments:

Post a Comment

Thank you for your comment!