ऊ त आफ्नै दाजु हो, ‘पोई’ भन्छौ किन
आदरको सट्टामा ‘ओई !’ भन्छौ किन
‘छुवाछुत अन्त्य भो’, घोषणा त ग¥यौ,
फेरि आज ‘त्यो पानी छोई’ भन्छौ किन
रुदैछ ऊ यातना खप्न नसकेर
पिटी–पिटी आफैले ‘रोई’ भन्छौ किन
जिम्मेवारी हाम्रै हो, सरोकार हाम्रै
नबनेको विधान ‘खोई’ भन्छौ किन
आज दागै–दागको कुरा चल्दाखेरि,
मेरो माग उसैले धोई भन्छौ किन
योगी स्मृतिरोगी रामबहादुर गुरुङ ‘सर्वत्रापमानित’
(समर्पणः जो जसप्रति लक्षित छ ।)
आदरको सट्टामा ‘ओई !’ भन्छौ किन
‘छुवाछुत अन्त्य भो’, घोषणा त ग¥यौ,
फेरि आज ‘त्यो पानी छोई’ भन्छौ किन
रुदैछ ऊ यातना खप्न नसकेर
पिटी–पिटी आफैले ‘रोई’ भन्छौ किन
जिम्मेवारी हाम्रै हो, सरोकार हाम्रै
नबनेको विधान ‘खोई’ भन्छौ किन
आज दागै–दागको कुरा चल्दाखेरि,
मेरो माग उसैले धोई भन्छौ किन
योगी स्मृतिरोगी रामबहादुर गुरुङ ‘सर्वत्रापमानित’
(समर्पणः जो जसप्रति लक्षित छ ।)
No comments:
Post a Comment
Thank you for your comment!