अत्याचार अति भए लाटो पनि बोल्न थाल्छ
ढुंगै फुटाउने गरी माटो पनि बोल्न थाल्छ
साक्षी हुन्छ तिनै भित्ता, खोल्सा अनि रातहरु
सुनसान, निर्जन त्यो बाटो पनि बोल्न थाल्छ
भोगाईमा सहेका र बिताएका पलहरु
समग्रमा जिन्दगीको पाटो पनि बोल्न थाल्छ
जति देऊ यातनाका असह्य ती पीडाहरु
चुट्दा–चुट्दै अन्त्यमै त्यै भाटो पनि बोल्न थाल्छ
न्यायालयहरु सबै रकममा बिक्न थाले,
जनताले वकिलको साटो पनि बोल्न थाल्छ
योगी स्मृतिरोगी रामबहादुर गुरुङ ‘सर्वत्रापमानित’

No comments:
Post a Comment
Thank you for your comment!