आयो होला याद तीजमा माइतीघरको बैनी
ती रमाइला दिनहरु सम्झिरहें मै निकतिखेर आइपुग्ला यो तीजमा लिन
भनी बाटो हेर्यौ हौली दर खानेको दिन
तीजकै दिन पनि धेरै गर्यौ हौली आशा
दुःख मान्दै रोयौ हौली भएर निरासा
परदेशिने बेला तिम्लाई खबर गर्न पाइन
छोटो समयले गर्दा भेट हुन नि आइन
सानो मन नगर है माइती नआउँदा
आउन पाइन यसपालि परदेशी हुँदा
गाउँमा छँदा मेला हेर्न पुग्थ्यौं कहाँ–कहाँ
परदेशीलाई के तीज–तिहार के चाडपर्व यहाँ
गाउँका साथी–संगी सम्झी ड्युटी गरिरहा’छु
सम्झिएर परदेशीको झरी बन्छ आँसु
लाग्दो होला यतिबेला भञ्ज्याङ्गमा मेला
गाउँदै होलान् चेलीहरु यो तीजको बेला
नाच्दा होलान् मादलुको तालमा छम–छम
रमाउदै साथी–संगी एक–आपसमा
योगी स्मृतिरोगी रामबहादुर गुरुङ ‘सर्वत्रापमानित’
#स्मृतिरोगी #स्मृतिसंग्रह #स्मृतिवस्ती #स्मृतिकुटी #स्मृतिगृह #स्मृतिडायरी #स्मृतिशैया #स्मृतिपथ #स्मृतिका_पलहरु #स्मृतिपल #स्मृतिनगर #स्मृतिदर्शन #स्मृतियात्रा #स्मृतिवाणी #स्मृतिप्रहर #स्मृतिशैली #स्मृतिअवतार
#janayuddha #smritisangraha #smritibasti #smritikuti #smritishaiya #hundi #suntaskar #Nepali_Kabita, #Arthahin_Pahichan #smritirogi #smritisangraha #smritikuti #smritibasti #smritidiary #smritishaiya #smritipath #smritikapalharu #smritinagar #smritipal #smritidarshan #smritiyatra #smritibani #smritiprahar #smritiabatar #smritishaili
No comments:
Post a Comment
Thank you for your comment!