गजल २ (हुदैनथ्यो त्यसै छाड्नु पिरतीको फुल रोपी)

हुदैनथ्यो त्यसै छाड्नु पिरतीको फुल रोपी
मायाँ लाई छाडी दियौ मुटुभरि काडा कोपी
थामेकीथ्यौ हातहरु सहाराको खाचो पर्दा
पागलपनमाथि खेली किन गयौ दिल खोपी

भत्काउने रहर भए भर किन दिएको त
न सक्छु म हास्न अब नत रुन आँखा छोपी

कि तिम्ले पहिले नै उसैलाई रोज्नुपर्थ्यो
नसोचेको गरि गयौ मुटु भित्र छुरा रोपी

योगी स्मृतिरोगी रामबहादुर गुरुङ ‘सर्वत्रापमानित’

No comments:

Post a Comment

Thank you for your comment!