गजल ७३ (यही हेर पसिनाको धारा बगाएर)

कति खानु भारतको प्याज मगाएर
उब्जाउछु आफ्नै बारीभरि लगाएर


कृषि क्रान्ति ल्याउनुछ अब यो देशमा
जनतामा चेतनाको दियो जगाएर

युरोपमा भाँडा माझ्न नलजाउने हो !
यही हेर पसिनाको धारा बगाएर

वेकामी भै बरालिने युवाहरु आओ
आलस्यता, संकोच र धक भगाएर


योगी स्मृतिरोगी राम गुरुङ ‘सर्वत्रापमानित’

#smritisangraha #smritirogi #smritibasti #smritikuti #smritishaiya

No comments:

Post a Comment

Thank you for your comment!