गजल ६५ (यहाँ यस्तै हुन्छ)

प्रेमी मुटु चिरेर       रमाउने प्रेम हुन्छ
पैसै–पैसा तिरेर      थमाउने प्रेम हुन्छ


बिक्न थाल्दा स्वार्थमा मायाँप्रेम गर्नेहरु
बहुरुप भिरेर           कमाउने प्रेम हुन्छ

एकातिर गरेर      अभिनय प्रेमको त्यो
अर्को मुटु छिरेर      जमाउने प्रेम हुन्छ

जीवनको भाँचिदा हाँगो टेक्ने गरेको त्यो
स्तरबाट गिरेर         समाउने प्रेम हुन्छ



योगी स्मृतिरोगी रामबहादुर गुरुङ ‘सर्वत्रापमानित’

No comments:

Post a Comment

Thank you for your comment!