तिर्खा मेट्न पँधेरी नै धाउनु पर्छ भन्ने छैन
सरगमको सुमधुर संगीत नै सदावहार,
मुख बंग्याएर र्यापै गाउनुपर्छ भन्ने छैन
साथीभाईसँग मिली रमाउन के हुन्छ र ?
रमाइलो गर्न डिस्कै धाउनुपर्छ भन्ने छैन
पुरानोलाई परिस्कार गर्दै गए पनि हुन्छ,
नयाँ युगमा सबै नयाँ पाउनैपर्छ भन्ने छैन
नचाहिंदो तडक भडक छाउनैपर्छ भन्ने छैन
कुसंस्कृति, कुप्रवृत्ति आउनैपर्छ भन्ने छैन
योगी स्मृतिरोगी रामबहादुर गुरुङ ‘सर्वत्रापमानित’
योगी स्मृतिरोगी रामबहादुर गुरुङ ‘सर्वत्रापमानित’
(कसैको क्रियाकलापप्रति सीधा ब्यंग्य गर्दै)
No comments:
Post a Comment
Thank you for your comment!