गजल ३४ (तिम्रा आँखाहरु अन्तै गड्न थाल्या’छ रे)

तिम्रा आँखाहरु अन्तै गड्न थाल्या’छ रे
हृदयले अर्कै भाषा पढ्न थाल्या’छ रे


सँगै हिड्दा डुल्दा, सँगै उठ–बस हुदा,
त्यतैतिर हिम–चिम बढ्न थाल्या’छ रे

आड, भर मिल्दा आफ्नै मुटुलाई हेप्ने,
तिमीमाथि अहंकार चढ्न थाल्या’छ रे

घमण्ड र वैंशहरु साथी बन्दा तिम्रो
बौद्धिकता भित्र–भित्रै सड्न थाल्या’छ रे

घाममाथि उज्यालोको भर छैन भन्थ्यौ,
जुनकिरीमाथि विश्वास अड्न थाल्या’छ रे


योगी स्मृतिरोगी रामबहादुर गुरुङ ‘सर्वत्रापमानित’

No comments:

Post a Comment

Thank you for your comment!