सुन्तलीले वीरेसँग विहे गरी अरे
पल्लाघरे सान्नानीकी सासू मरी अरे
यस्तै सुन्छु खबर त्यो गाउँघरबाट
वैंश ला’की माहिली त बीच परी अरे
आफ्नो बुढा कमाउन खाडी छिरेपछि
डाँडाघरे कान्छी पनि शहर् झरी अरे
अमेरिका र युरोपै सपना भो सबको
मुखियाको छोरीले नि डिभी भरी अरे
सधैं सासू–को टो–कसो खानुपर्ने भुन्टी
जहाजमा समुंद्र पार तरी अरे
सर्वत्रापमानित ‘स्मृतिरोगी’
पल्लाघरे सान्नानीकी सासू मरी अरे
यस्तै सुन्छु खबर त्यो गाउँघरबाट
वैंश ला’की माहिली त बीच परी अरे
आफ्नो बुढा कमाउन खाडी छिरेपछि
डाँडाघरे कान्छी पनि शहर् झरी अरे
अमेरिका र युरोपै सपना भो सबको
मुखियाको छोरीले नि डिभी भरी अरे
सधैं सासू–को टो–कसो खानुपर्ने भुन्टी
जहाजमा समुंद्र पार तरी अरे
सर्वत्रापमानित ‘स्मृतिरोगी’
No comments:
Post a Comment
Thank you for your comment!