गजल २१ (रगतले कोरेको थें जीवनका रेखाहरु)

सजाएको फूल पनि झरिसक्यो आमा अब
धैर्य गर्दा–गर्दै रात परिसक्यो आमा अब


हार्दिन म जितेर नै देखाउछु भन्थे मैले
सीधा हिड्न खोज्दा जीत हरिसक्यो आमा अब

खुट्टा तान्ने, लडाउने ठाउँमा भो टिक्न गाह्रो
सिंगो यो जीवनै कब्जा गरिसक्यो आमा अब

रगतले कोरेको थें जीवनका रेखाहरु
हुर्किएका रहर यी मरिसक्यो आमा अब

हुन्न रै’छ जीवनमा रोजेजस्तो, खोजेजस्तो
मायाँलुको यात्रा पारि तरिसक्यो आमा अब

योगी स्मृतिरोगी रामबहादुर गुरुङ ‘सर्वत्रापमानित’

No comments:

Post a Comment

Thank you for your comment!