प्रणय दिवश विशेष (नलेखिएको प्रेमपत्र)

Happy Valentine Day | प्रणय दिवश विशेष नलेखिएको प्रेमपत्र





प्रिय स्मृति, 
आफ्नो लागि जीवन जिउनुको वास्तविक औचित्य समाप्त भैसक्दा पनि अन्योन्याश्रित जीवन–सम्बन्धका जिम्मेवारीहरुले बाँच्न कर गरिरहेको बेलामा अर्थहीन जीवनभित्रको अर्थ खोज्दै क्षितिजपारिको विवश बस्तीमा बरालिएका यी निमूखा भावनाहरु तिमीलाई नै सम्बोधन गर्न चाहिरहेछन् । अनुमति दिन्छ्यौ भने, पुनः एकपटक प्रणयको शाब्दिक वहार बर्षाउन चाहन्छु, स्मृतिका अनगिन्ती तरंगहरु सञ्चार गराउन चाहन्छु र ती कल्पना–स्मृतिका कुनाकाप्चाहरुमा लुकेका त्रस्त मिठासपूर्ण मायाँलु प्रतिनिधि पलहरुलाई पुनस्र्थापित धरातलमा उभ्याएर केही शब्द–सन्देश प्रवाह चाहन्छु ।

उजाडिएको स्मृति–बस्तीबाट उठीवास लागिसकेपछिको यो अवस्थामा उभिएर विगतको नाउँमा ब्यस्त समय ब्यर्थैमा खर्चिनु, सेकेण्ड–सेकेण्डको मूल्य–मापन गर्ने गरी समयको महत्व बुझेकोहरुलाई त वाहियात लाग्ला । यद्यपि भ्यालेन्टिनाहरुको बाटो त्याग्न नसकेका, प्रेमको गहिराईभित्रको गहनता अनुभूत गर्नसक्ने कोमल मनले सुसज्जित विश्वभरका लाखौं–लाख अनुयायी भ्यालेन्टाइन्सहरुको तर्क यही हुनसक्छ कि ‘प्रेममा मूल्यको मापन र समयको हिसाब–किताब सायदै गरिन्छ होला ।’ सायद त्यसैले होला, यहाँ लाखौं नव–भ्यालेन्टाइन्सहरु हरेक समयक्रममा जन्मिरहेछन् र आफ्नो अमूल्य समय यस्तैमा बिताइरहेछन् र बहुमूल्य जीवनसमेत तिलाञ्जली दिइरहेछन् । 

प्रणय दिवशको शुभकामना विशेष प्रेमपत्र

भू–स्थल छाडेर गुरुत्वबलको विरुद्ध र प्रतिकूल हावाका वेगहरुसँग गरेको उध्र्व संघर्षबाट आफ्नो मार्ग छिचोल्दै–छिचोल्दै ठूला–ठूला सिमलका भुवाहरुजस्ता लाग्ने सेता–सेता बादलहरुको देशभन्दा पनि माथि तैरिएर गन्तब्योन्मुख रफ्तार कायम गर्न परिचालित विमानले त्रिभुवन विमानस्थलका धावन–मार्गमा द्रुत गतिले दौड्नुअगावैका तिमीसँगका प्रत्येक पलहरु पीडादायी हुदा–हुदै पनि ती मेरा लागि आज पनि उत्तिकै प्रिय र रोमाञ्चक छन् । सम्झ त, हाम्रा प्रत्येक मिलनका ती विगत स्मृतिपलहरु आउँथे, उस्तै उत्कट प्रतीक्षित खुशी बोकेर । चीर प्रतीक्षापछिको मिलनजस्ता लाग्थे हर ती पलहरु । तर समयको नियम सँधै कडा र अवश्यम्भावी हुन्छ । भेटिएपछि छुट्नुपर्ने बाध्यकारी अवस्था सिर्जना गर्ने समयले हामीबीच कति छिट्टै छुट्नुपर्ने घडी ल्याइदिन्थ्यो, पत्तै हुदैनथ्यो । नचाहदा नचाहदै पनि समयको नियम पालना गर्नुपर्ने बाध्यात्मक अवस्थामा विदाईका हातहरु हल्लाउनुपर्दाको कठोर घडीमा मलाई निकै पीडाबोध हुन्थ्यो । सायद याद गरेकी छ्यौ हौली, कुनै समय विदाईको पलमा निःशब्दताले गला अबरुद्ध भई गाँठो परेका वाक्यहरु फुक्न नसक्दा मैले तिम्रो नोट कापीमा लेखेर छोडेको थिएँ, ‘...वियोगको घडीमा मलाई यति धेरै कठीन किन हुन्छ होला ?’ अनि भावुकतालाई ब्यवस्थित गर्न नसकेपछि पोखिदै–पोखिदै अवाकमै म बाटो लाग्न विवश हुन्थें । सम्भवतः तिमीभित्र पनि त्यो पीडा हुन्थ्यो, जुन त्यति सजिलै लुक्न सक्दैनथ्यो । अदेखमा तिमी पनि अनायासै पोखिएको आभाष म सजिलै पाउन सक्थें । 

अनन्त सपनाका श्रृंखलावद्ध रुपरेखाहरु पछ्याउदै सहयात्रामा जीवनको लामो फड्को सजिलै मारेर खुशीसाथ सँगै जिउनका लागि भनेर गरिएको विश्वासको अलिखित भावनात्मक सम्झौता थियो प्रेम । जसमा सामाजिक संस्कार तथा सम्प्रदायअनुसार वैधानिकता परिभाषित नहोला, कुनै निश्चित प्रावधान होला नहोला तर यसको लागि लिखित विधान अथवा नियमावली सायद नभएकै हो । प्रेम आफैमा स्वायत्त छ । यसै स्वायत्तताभित्र हर प्रेमका जोडीहरु आ–आफ्नै किसिमले योजना, नीति, नियमावलीहरु र कार्यशैलीहरु तर्जूमा गर्लान् । 

............................................................................................................................................................................................................................................................................................................................................................................................।

...................................................................................................................................................................................................................................................................................................................................................................................................................................................................................................................................................।

उही तिम्रो यादमा तड्पदा–तड्पदै रोगले ग्रस्त
स्मृतिरोगी
योगी स्मृतिरोगी राम गुरुङ ‘सर्वत्रापमानित’
(स्मृतिबस्तीमा अवस्थित स्मृतिकुटीको स्मृति शैयाबाट)

#नलेखिएकाे_प्रेमपत्र #स्मृतिरोगी #स्मृतिसंग्रह #स्मृतिवस्ती #स्मृतिकुटी #स्मृतिगृह #स्मृतिडायरी #स्मृतिशैया #स्मृतिपथ #स्मृतिका_पलहरु #स्मृतिपल #स्मृतिनगर #स्मृतिदर्शन #स्मृतियात्रा #स्मृतिवाणी #स्मृतिप्रहर #स्मृतिशैली #स्मृतिअवतार
#notwritter_loveletter #Nalekhiyeko_Prem_Patra, #Valentine_Day_Special #loveletter #14February #Nepali_Kabita, #Arthahin_Pahichan  #smritirogi #smritisangraha #smritikuti #smritibasti #smritidiary #smritishaiya #smritipath #smritikapalharu #smritinagar #smritipal #smritidarshan #smritiyatra #smritibani #smritiprahar #smritiabatar #smritishaili

3 comments:

Thank you for your comment!