गजल ५६ (मायाँ गर्ने अंगालो अरुको नै मागोस्)

अब सधैं मप्रति घृणै–घृणा जागोस्
मायाँ गर्ने अंगालो अरुको नै मागोस्


यादहरु मेटेर         भेट्ने मन नहोस्
मलाई देख्ने वित्तिकै पर पर भागोस्

केही गर्न नसक्ने      आँट नभएको
हुतिहारा, नामर्द, लफुंगो नै लागोस्

भित्तामाथि मेरो नै फोटो झुण्डिएथ्यो,
निकालेर फालेर      अरुको नै टाँगोस्

म नै ठूलो, मै जान्ने भन्ने खालको त्यो
अहंकारी शैलीले      सीमा रेखा नाघोस्


योगी स्मृतिरोगी रामबहादुर गुरुङ ‘सर्वत्रापमानित’

No comments:

Post a Comment

Thank you for your comment!