गजल ४९ (जिन्दगीले चुटेपछि भताभुङ्ग भएँ)

जिन्दगीले   चुटेपछि भताभुङ्ग भएँ
बसाईं नै   उठेपछि     भताभुङ्ग भएँ


आँधीखोलासँग नाता थियो कति मीठो
सम्बन्ध नै टुटेपछि     भताभुङ्ग भएँ

राम्रै बाटो हिडेजस्तो लाग्थ्यो जीवनमा
वैरीहरु जुटेपछि           भताभुङ्ग भएँ

सडकमा   लाठीहरु     नबर्षेको    हैन
टाउको नै फुटेपछि     भताभुङ्ग भएँ

जिन्दगीको लडाईमा    निडर भै लडें
हतियारै छुटेपछि       भताभुङ्ग भएँ


योगी स्मृतिरोगी रामबहादुर गुरुङ ‘सर्वत्रापमानित’

No comments:

Post a Comment

Thank you for your comment!