गजल ३६ (हिजो सँगै हिड्ने मान्छे अञ्जान भएछ)

हिजो सँगै हिड्ने मान्छे अञ्जान भएछ
तिनै सामन्तीको प्यारो सन्तान भएछ


सडकमा शिर फुट्दा डुब्थ्यौं रगतमा
त्यही खुन उसलाई वरदान भएछ

सोच्दै नसोचेको सत्ता, शक्ति हात पर्दा
‘लुरे’ पनि आज यहाँ वलवान भएछ

जल्दा–बल्दा युवाहरु विदेशिए पछि,
काम गर्ने ठाउँहरु सुनसान भएछ

स्वाभिमान बेचिएर, देश भत्किएर
उपनिवेशको छुट्टै पहिचान भएछ

यौटै झण्डामूनि बस्ने नेपालीको गीत
फेरि पनि ब्यक्तिवादी गुणगान भएछ


योगी स्मृतिरोगी रामबहादुर गुरुङ ‘सर्वत्रापमानित’

No comments:

Post a Comment

Thank you for your comment!