गजल ७७ (यौटा गल्ती आफ्नै हाड–नाताभित्र भयो)

यौटा गल्ती आफ्नै हाड–नाताभित्र भयो
अर्को गल्ती प्रहरीकै हाताभित्र भयो

अँधेरीको छेल पारी के के गरे, गरे
सबै कुरा सँगै ओत्ने छाताभित्र भयो

खल्ती भर्न पल्केकाले न्याय बेच्न खोज्दा
नगदको कारोवार खाताभित्र भयो

अबोध त्यो बालकको के दोष पो छ र
जे नहुनु तिनै जीवन् दाताभित्र भयो

न्याय कहाँ पाइन्छ र यी भ्रष्टले गर्दा
जो घटना यहाँ गत साताभित्र भयो


योगी स्मृतिरोगी रामबहादुर गुरुङ ‘सर्वत्रापमानित’

No comments:

Post a Comment

Thank you for your comment!