गजल ३८ (ढुंगाहरु भावनामा पक्कै रुन्न)

ढुंगाहरु भावनामा पक्कै रुन्न यहाँ
मानवता मरेपछि मन छुन्न यहाँ

कोही प्रचण्ड र वैद्यहरु आए पनि,
गरीबको जीवनमा केही हुन्न यहाँ

जुनै जोगी आए पनि उस्तै सिपालु छन्
जनतालाई झुक्याउने जाल बुन्न यहाँ

राज पापीहरुकै भो, बाहुल्यता तिन्कै
बिर्सिसके देवताले पीडा सुन्न यहाँ

हिटलरै चाहिन्छ रे एकपल्ट अब
राष्ट्रिय र एकताको माला उन्न यहाँ


योगी स्मृतिरोगी रामबहादुर गुरुङ ‘सर्वत्रापमानित’

No comments:

Post a Comment

Thank you for your comment!