गजल २० (वाचा तोडी पाइला अन्तै चालिदियौ)

तुच्छ अपशब्दका ती गाली दियौ, मन दुख्यो
वाचा तोडी पाइला अन्तै चालिदियौ, मन दुख्यो


खोला तर्न खोज्दा हिजो जो सहारा थियो तिम्रो
तरेपछि घाँडो मानी फालिदियौ, मन दुख्यो

जो भरोसा थियो मेरो पूर्णतया तिमीमाथि,
विश्वासको प्रति–मूर्ति ढालिदियौ, मन दुख्यो

जहाँ जरुरी थ्यो ज्योति, अपेक्षा थ्यो तिमीबाट
जीवनको ज्योति अन्तै बालिदियौ, मन दुख्यो

योगी स्मृतिरोगी रामबहादुर गुरुङ ‘सर्वत्रापमानित’

No comments:

Post a Comment

Thank you for your comment!