गजल ८० (आफ्नो सोच्दा–सोच्दै देश बिर्सिएछु)

आफ्नो सोच्दा–सोच्दै देश बिर्सिएछु
सेतै फुलेका ती केश बिर्सिएछु


आधुनिकताको फेसनमा फस्दा,
मौलिकतायुक्त भेष बिर्सिएछु

पैसा–पैसा भन्दै परदेशी हुदा,
खानु परेका ती ठेस बिर्सिएछु

क्रान्तियात्राभरि विजेता भै नाँचे,
सामन्तको अवशेष बिर्सिएछु


योगी स्मृतिरोगी राम गुरुङ ‘सर्वत्रापमानित’

#smritisangraha #smritirogi #smritibasti #smritikuti #smritishaiya

(सहकार्य र सम्झौता गर्नुलाई जीवनको बन्धनको रुपमा विश्लेषण गर्दै स्वतन्त्रताको नाउँमा सिउँदो सुरक्षित राख्ने अभियन्ताले अहमताको आडमा वैवाहिकतालाई स्वतन्त्रतामाथिको हस्तक्षेप ठानी अपहेलनाको आकृतिको आँकलनका साथ अगाडि बढिरहदा भोलि समयको कुनै कुनामा समरुपी सम्झौताको बन्धनमा बाँधिन बाध्य हुनु परेनछ भने यो स्मृतिरोगीलाई कुकुरको संज्ञा दिएर बेस्सरी थुके हुन्छ भन्दै, उसैप्रति समर्पित)

No comments:

Post a Comment

Thank you for your comment!