गजल ६१ (अब ती भ्रष्टको तह लगाउनुछ)

अब ती भ्रष्टको तह लगाउनुछ
विद्रोहमा परे    खुनै बगाउनुछ


पाकिस्तानतिर गोली पाइन्छ रे
हतियार पनि     सँगै मगाउनुछ

लड्नेहरु मर्लान्, डराउने भाग्लान्
लखेटेर सीमा      पारि नघाउनु छ

पुराना ती सबै    संरचना ध्वस्त
पारी विजयको ध्वजा टगाउनुछ

सभ्य समाजको    जग बसेपछि
स्वच्छ, स्वस्थ, शान्त दियो जगाउनुछ


योगी स्मृतिरोगी रामबहादुर गुरुङ ‘सर्वत्रापमानित’

No comments:

Post a Comment

Thank you for your comment!