किन चाहियो


किन चाहियो दुःखीको साथ सुखी भेट्ने भएपछि
पानी किन पेप्सीकोला प्यास मेट्ने भएपछि

दुःखी रोजे जिन्दगीमा पीडै–पीडा दुःखै–दुःख
सुखी रोजे जिन्दगीमा मोजमस्ती सुखै–सुख
सुखी रोजे चाहेजस्तो खुशी भेट्ने भएपछि
पानी किन पेप्सीकोला प्यास मेट्ने भएपछि

दुःखियाको घर हुन्न भर पनि हुन्न भन्छन्
सुखियाको शानै बेग्लै सबैतिर नामी गन्छन्
सुखी रोज शान, सुख, खुशी भेटेने भएपछि
पानी किन पेप्सीकोला प्यास मेट्ने भएपछि

किन चाहियो दुःखीको साथ सुखी भेट्ने भएपछि
पानी किन पेप्सीकोला प्यास मेट्ने भएपछि

दुःखी योगी स्मृतिरोगी रामबहादुर गुरुङ ‘सर्वत्रापमानित’
स्मृतिशैयाबाट
स्मृतिकुटी, स्मृतिबस्ती

(प्यारभन्दा पैसा प्यारो लाग्न थालेपछि स्मृतिरोगीले सहन बाध्य धारिलो वचन)

#स्मृतिरोगी #स्मृतिसंग्रह #स्मृतिवस्ती #स्मृतिकुटी #स्मृतिगृह #स्मृतिडायरी #स्मृतिशैया #स्मृतिपथ #स्मृतिका_पलहरु #स्मृतिपल #स्मृतिनगर #स्मृतिदर्शन #स्मृतियात्रा #स्मृतिवाणी #स्मृतिप्रहर #स्मृतिशैली #स्मृतिअवतार

#janayuddha #smritisangraha #smritibasti #smritikuti #smritishaiya #hundi #suntaskar #Nepali_Kabita, #Arthahin_Pahichan  #smritirogi #smritisangraha #smritikuti #smritibasti #smritidiary #smritishaiya #smritipath #smritikapalharu #smritinagar #smritipal #smritidarshan #smritiyatra #smritibani #smritiprahar #smritiabatar #smritishaili

No comments:

Post a Comment

Thank you for your comment!