Visitor Count

Up Down Scroll

गजल–८४ (सुनको पिंजडा नै खोज्छौ थरिथरिको)

मायाँ     मार्न     सकिएन     मनकी     परीको
गुँड   लाउदै,   छोड्दै   लाउदै    हिड्ने   चरीको

न्याउली रुँदा तिम्रै न्यास्रो, कोइली गाउँदा पनि
यादहरु       छोडेपछि         जीवन        भरिको

स्वतन्त्रता    हुन्न    भन्दै   मनको   बगैंचामा
सुनको   पिंजडा   नै    खोज्छौ       थरिथरिको

पूरा   होऊन्     तिम्रो सौख     सुख, विलासको
सुनकै   दरबारको  जीवन,            रानीसरिको


योगी स्मृतिरोगी रामबहादुर गुरुङ ‘सर्वत्रापमानित’

आँखाबाट मुसलधारे वर्षा हुँदा मेरो
के पर्वाह हुदो रै’छ साउने झरीको




.